Free songs
logo bhakti darshan tv
Phone Number
977-01-5010815

काठमाडौं, १८ असोज । वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज दशौं दिन आज सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गर्दैछन् । पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्धको प्रमुख उदेशय हो । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानवमात्रको परम कर्तव्य मानिएको छ ।

यसैगरी मृत्यु पश्चात पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि मानवमात्रको परम कर्तव्य मानिएको छ । वेदादि आफ्ना शाखाका शास्त्र हरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने पैतृक कर्म नै श्राद्ध हो । सोह्र श्राद्धमा १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने गरिन्छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा रहेकाले वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।