काठमाडौं, १७ असोज । विश्व अहिंसा दिवस, नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाईएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ तारिखका दिन विश्व अहिंसा दिवश मनाउने गरिएको हो ।
अहिंसा दिवसका अवसरमा शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले अन्तरक्रियालगायतका विविध कार्यक्रम आयोजना गर्ने गरेका छन्। महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराएका थिए।