Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

rajbiraj

राजविराज नगरपालिकामा स्थापित लेखनाथ आदर्श पुस्तकालय संचालनमा आएन

काठमाडौं, १६ असोज । संस्कृतिको विकास तथा शैक्षिक उन्नतीको उद्देश्य राखी ६० वर्षअघि राजविराज नगरपालिकामा स्थापित ‘लेखनाथ आदर्श पुस्तकालय’ नाम मात्रको पुस्तकालय भएको छ ।

संरक्षण व्यवस्था नहुँदा राजविराजको लेखनाथ आदर्श पुस्तकालयको अस्तित्व संकटमा परेको हो । पुस्तकालयमा रहेका करिब ५ हजार पुुस्तक धमिरा लागेर काम नलाग्ने अवस्थामा पुगेका छन । २०७२ साल बैसाखमा आएको विनाशकारी भुकम्पले भवनमा क्षति पर्याएपछि पुस्तकालय पूर्ण रुपमा बन्द भएको छ ।

तत्कालीन वडा हाकिम बद्रिविक्रम थापाको विशेष पहलमा २०१६ सालमा अध्ययनप्रति युवापुस्ताको सोच वृद्धि गर्ने तथा पुराना पुस्तक र रचनाहरुको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालयको स्थापना भएपनि हाल पुस्तकालय पूर्णरुपमा बन्द रहेको छ । जसोतसो चल्दै गरेको पुस्तकालय भूकम्पले भवन जिर्ण भएपछि भवनको अवस्थाका कारण नगरपालिकाले पुस्तकालय बन्द गरेपनि सोही भवनको माथिल्लो तलामा रहेका कोठा भने अहिलेपनि भाडामा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>