काठमाडौं, १६ असोज । पूर्वी तराईका थारू महिलाको पर्व जितिया भव्यरुपमा आज मनाउँदैंछन् । निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यो पर्व मनाउँने गरिएको छ ।
जितियामा महिलाले सूर्य भगवान्को व्रत तथा उपासना गर्ने गर्दछन् । राजधानीमा बस्ने थारु महिलाले छुट्टाछुट्टै स्थानमा जितिया पर्व मनाउदैंछन् त्यस्तै थारु कल्याणकारिणीसभा अन्तर्गतको भ्रातृ सङ्गठन थारु महिला सभाले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा जितिया पर्व भव्यरुपमा आयोजना छ ।
त्यस्तै, थारु महिला समाज नामक स्वतन्त्र संस्था, थारु सांस्कृतिक सङ्गीत विकास मञ्चले पनि जितियाको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।