काठमाडौं, १५ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर पुग्न सफा टेम्पो संचालन गरेको छ । बृद्धबृद्धा र अशक्तलाई सेवा दिन कोषले निःशुल्क टेम्पो सेवा संचालनमा ल्याएको हो ।
वृद्धबृद्धा तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैंत्री सफा टेम्पो संचालनमा ल्याइएको हो । लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहायतामा संचालनमा ल्याइएका टेम्पको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आइतबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।
अशक्त तथा वृद्धहरुका लागि निःशुल्क सेवा उपलब्ध गराउन २ वटा वातावरणमैत्री सफा टेम्पो पशुपति क्षेत्रमा संचालनका लागि आर्थिक अनुदान दिइएको बैंकका संचालक समितिका सुमिद भट्टराईले जानकारी दिएका छन् ।
सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्धबृद्धा तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हँँुदै आएको अवस्थालाई ध्यानमा राखेर टेम्पो संचालनमा ल्याइएको बताईएको छ । ६ वटा सिट संख्या रहेको टेम्पो वृद्धबृद्धा तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएकाछन् । यसैबीच, पशुपति क्षेत्र विकास कोषले आइतबारबाटै लकर सेवा पनि संचालन गरेको छ । माछापुच्छ«े बैंक लिमिटेडको आर्थिक सहायतामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनहरुको मूल्यवान सामान राख्न पाउने गरी लकरको व्यवस्था गरिएको जनाईएको छ ।