Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

bajura

बाजुराका तोली देबल डाँडा उच्च माविका छात्राहरु महिनावारी हँुदा विद्यालय जान छाडे

काठमाडौँ, १४ असोज । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका स्थित तोली देबल डाँडा उच्च माविमा अध्ययनरत छात्राहरु महिनावारी भएको बेलामा विद्यालय जाने गरेका छैनन् ।

विधालय परिसरमा भएको मन्दिरका कारण विद्यार्थीहरु महिनामा ५ देखि ६ दिनसम्म विद्यालयमा अनुपस्थित हुने गरेका छन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, छाउ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था, विद्यालय परिसरभित्र देवीदेवताका मन्दिर बनाएर राख्नुजस्ता समस्याले गर्दा पनि पाँच दिनसम्मको पढाईलाई बाधा गर्दै घरमा बस्ने गरेको छात्राहरुको गुनासो छ ।

महिनावारी भएको वेलामा पनि विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउन प्रशासनले कुनै पहल गरेको छैन । विद्यालय वरीपरि भिरालो जमिन, माथि ठुला रुखहरु रहनु, चट्याङ्ग पर्ने र हावाहुरी आईरहने भएका कारण विद्यालयलाई विद्यार्थीमैत्री बातावरण बनाउन नसकिएको विद्यालयले जनाएको छ । महिनावारी बारे यहाँका समाजका आ–आफ््नै अनेक बुझाई रहेका कारण जिल्लामा छाउपडी प्रथा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न अभियान चलाएपनि उपलब्धिमूलक बन्न नसकेको हाम्रा सम्बाद दाता मदन वि.क.ले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>