Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

ROPAN

वन जंगल क्षेत्रको बृद्धि तथा चुरे क्षेत्र संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण अभियान संचालन

काठमाडौँ, १४ असोज । वन जंगल क्षेत्रको बृद्धि तथा चुरे क्षेत्र संरक्षण गर्ने उद्देश्यले प्रदेश–२ का सवै जिल्लामा एकै समयमा वृक्षारोपण कार्यक्रम अभियान थालनी गरिएको छ ।

प्रदेश नम्बर–२ का आर्थिक ममिला तथा योजना विकास राज्य मन्त्री उषा यादवले वृक्षारोपण गरी अभियानको थालनी गर्नूभएको हो । बृक्षारोपण सुरुङ्गा नगरपालिका–४ स्थित सेतीदेवी सामुदायिक वनमा एक हेक्टर जग्गामा धुपी, अांवला, सल्ला, मसाला, तेजपात, खैयर लगायतका २ हजार विरुवा रोपिएर अभियानको थालिने गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर–२ का आर्थिक ममिला तथा योजना विकास राज्य मन्त्री उषा यादवले यादवले जङ्गल क्षेत्रको विकास र विस्तार ८ बटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान थालनी गरिएको बताउनुभयो । उहाँले यो अभियानलाई सबै मिलेर सफल पार्न समेत आग्रह गर्नुभएको छ । बृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले बन क्षेत्र आसपासका वासिन्दालाई विभिन्न जातका ६ हजार विरुवा समेत निःशुल्क वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>