Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

saradhya-shora

वैदिक सनातन परम्पराअनुसार सोह्रश्राद्धको आज छैठौ दिन

काठमाडौँ, १४ असोज । वैदिक सनातन परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्धको आज छैठौ  दिन । सनातन धर्मावलम्बीहरुले आज तिथि परेका आफ्ना दिवंगत पितृहरुको सम्झनामा श्राद्ध तथा तर्पण गरेका  छन् ।

भाद्र शुक्ल पूर्णिमादेखि सुरुहुने पितृ पक्ष आश्विन कृष्ण अमावश्यासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व रहेको शास्त्रमा वर्णन गरिएको छ ।

‘वैकल्पिक रुपमा तोकिएका यी तिथिमा पनि श्राद्ध नगरे वायुका रुपमा घुमेका पितृले सुस्केरा हाली अक्षम्य दोष लगाएर श्राप दिने धर्मग्रन्थमा वर्णन गरिएको बताईन्छ ।  शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्धभर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने एक पार्वण श्राद्ध गरिन्छ । यस अवसरमा गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया, त्रिवेणीलगायत नदी किनारमा श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>