Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

Contact Number : 01-5010816

Email : info@bhaktidarshantv.com

chandragiri

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह पर्यटकीय गन्तव्य बन्द

काठमाडौं, ११ असोज । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने इन्द्र दह पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएकाले यहाँ सर्वसाधारणको आकर्षण बढेको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्ने गर्दछ। मेला भर्नका लागि काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट धार्मिक पर्यटक आउने गर्दछन् । मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर सोमबार साँझ दह तथा त्यस परिसरमा दीप प्रज्वलन गरिएको थियो ।

यसै अवसरमा ‘तेस्रो इन्द्रदह पर्यटन महोत्सव’ समेत शुरु गरिएको छ । एकदिने महोत्सवमा सहभागी पर्यटकलाई यस क्षेत्रका धार्मिक तथा अन्य पर्यटकीय वस्तुस्थितिबारे जानकारी गराइएको छ ।

चन्द्रागिरि नगरपालिका–१ (दहचोक) का वडाध्यक्ष राजेन्द्र केसीका अनुसार मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेला व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करीब १०० स्वयम्सेवक खटिएका थिए । बिहानैदेखि स्नान तथा दर्शनका लागि व्यवस्था गरिएको उक्त स्थानमा साँझसम्म करीब २० हजारले मेला भरेका थिए ।

नागार्जुन र चन्द्रागिरि डाँडाको मध्यभागमा दहचोकको अग्लो थुम्को सजिएको जस्तो देखिन्छ । पौराणिक कालमा देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरी स्वर्ग गएको बताइन्छ । यस स्थानमा पूर्णिमाका दिन आएर स्नान गरेमा तथा मेलामा सहभागी भएमा पारिवारिक सुखशान्ति तथा मोक्ष मिल्ने जनविश्वास छ ।

सांस्कृतिक महत्व बोकेको इन्द्रदहको पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले बताउनुभयो । इन्द्र, इन्दायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत देख्न सकिन्छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नु अगाडि शक्तिपीठका रुपमा स्थापना गरेको मनकामना मन्दिर र काजी कालु पाँडेको समाधिस्थल यही डाँडामा पर्दछ । प्राचीन गढी तथा नीलगिरि, धौलागिरि, माछापुच्छ्रे«, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्करलगायत हिमाल यहाँबाट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>