फाल्गुण कृष्ण पक्षको चतुदर्शी तिथि आज महाशिवरात्रि पर्व धुमधामका साथ मनाउँदै
काठमाडौँ,१ फागुन । आज फाल्गुण कृष्ण पक्षको चतुदर्शी तिथि आज महाशिवरात्रि पर्व विश्वभरि छरिएर रहेका सनातन धर्मालम्बीहरुले आज भब्य रुपमा मनाईरहेकाछन् । भगवान शिव संग सम्बन्धित शिवरात्री पर्व हिन्दुहरूको प्रमुख चाड हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने अन्धकारबाट उजयालो तर्फजानु पर्ने, जिवबाट शिव बन्नु पर्छ भन्ने बोद्य गराउने पर्वका रुपमा लिईन्छ । आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने यो पर्व व्रतोत्सवरूमध्ये सर्वोत्तम मानिन्छ । महाशिवरात्रिका दिन आज देशका शिवालयहरुमा श्रद्धालुहरुको बिशेष घुईंचो रहेको छ । आज बिशेषगरि भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु जल, धतुरो र बेलपत्रआदि चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी शिव चिन्तन ध्यान, योग तथा जाप र रात्री जागरण गरेमा सर्वसिद्धि तथा शिवलोक प्राप्त हुने धार्मिक विश्वास रहेको छ । शिवरात्रीमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा पंचामृत अभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्री व्रतको सम्पादनले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ विश्वास गरिन्छ । शिवरात्रीमा मन्दिरहरुमा धुनी जगाउने परम्परा छ । यदपि भगवान कण कणमा विद्यमान हुनुहुन्छ तथापि विश्वभरिमा रहेका शिवालयहरुमा भगवान पशुपतिनाथ महत्वपूर्ण रहनु भएको छ । पंचमुखी भगवान पशुपतिनाथको बेग्लै महिमा र शिेषता रहिआएको छ भगवान पशुपति नाथको पाँच रुपको पनि आफ्नै बिशेषता रहेको बताईन्छ । । त्यसैले विश्वमा छरिएर रहेका सनातन धर्मावलम्बीहरु, साधु, सन्त, महन्त, मठाधिस, पिठाधिस, तपस्वी योगी सन्यासीहरुको पशुपतिनाथमा दर्शनका उल्लेख्य संख्यामा उपस्थिति रहने गर्दछ । भगवान शिव शिघ्र प्रसन्न हुने देवको रुपमा रहनु भएको छ । सामान्य पूजा मात्रले पनि उहाँ खुशिभई भक्तले चिताएको वर प्रदान गर्नु हुन्छ । भगवान शिव सम्बिन्ध तयार पारिएको एक रिर्पौट ।