आज मार्ग कृष्ण पक्षको एकादशी तिथि बुधबार, आज मोक्षदा एकादशी व्रत एवं गीता जयन्ती।
मार्ग शुक्ल एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यो दिनलाई नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दु धर्मावलम्बीहरूले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । वर्षभरिमा पर्ने समपूर्ण एकादशीको बेग्ला बेग्लै महत्व र बिशेषताहरु रहेकाछन् । त्यस्तै मार्गशुक्ल पक्षको एकादशी तिथिको पनि बेग्लै महत्वरहेको बताईन्छ । मोक्षदा एकादशीले ठूला ठूला पातकहरूको नाश गर्ने बताईन्छ । यस दिन उपवास गरेर श्रीहरिको नाम (संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्ने मान्यता रहेको छ। एकादशीको व्रत बस्दा सकेसम्म फलाहार बसनुपर्ने विद्यान छ र नसक्नेले एकछाक भोजन प्रसाद ग्रहण गर्न सक्ने बताइएको छ । मार्गशीर्ष शुक्ल एकादशीका दिन नै कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ त्यसैले पनि यो एकादशीले बिशेष महत्व राखेको पाईन्छ । यस दिनलाई गीता जयन्तीका नामले समेत चिनिन्छ । नमले नै यस एकादशीको बिशेषता स्पष्ट भएको छ । यस एकादशीको व्रत उपासनाले मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।
यस दिनदेखि गीतापाठको अनुष्ठान प्रारम्भ गर्नुपर्ने मान्यता समेत रहेको छ । गीतारूपी सूर्यको प्रकाशद्वारा अज्ञानरूपी अन्धकार नष्ट हुने विश्वासछ। विभिन्न शास्त्रको अनुशार यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ। यस सन्दर्भमा श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको कथा प्रसंगहरु समेत धार्मिक ग्रन्थहरुमा भेटाईन्छ ।
कथामा वर्णित पात्रहरुले विधिपूर्वक एकादशीको व्रत गरेर पुण्य प्राप्त गरेको र विभिन्न नरक योनीबाट मोक्ष प्राप्त गरेको कथा प्रसंगहरु भेटाईन्छन् । यसरी यस एकादशीको उपासनाले जिवको कल्याण हुने विशवास छ । आज गीता जयन्तीका अवसरमा सनातन धर्मावलम्बीहरुले र्याली, सभालगायत बिशेष कार्यक्रमको आयोजनगरि मोक्षदा एकादशी एवं गीता जयन्ती मनाईरहेका छन् ।